Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रविलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - नयाँहरु कोही सहकारी ठग त, कोही साहुमारा छन्

रविलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - नयाँहरु कोही सहकारी ठग त, कोही साहुमारा छन्

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँका नाममा भइरहेको हल्लाका पछि नलाग्न जनतालाई आग्रह गरेका छन् ।

शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले सो कुरा बताएका हुन्।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले नयाँहरु कोही सहकारी ठग त कोही साहुमारा भएको आरोप लगाए ।

उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने,‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ ।’

प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077