Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापा भन्छन् - संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ

कांग्रेस महामन्त्री थापा भन्छन् - संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ

शनिवार , चैत्र २९, २०८१

धनकुटा। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनअगाडि नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले धनकुटामा आयोजना गरेको कार्यक्रममा बौल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले संविधान संशोधन गरेर मात्र ०८४ को निर्वाचनमा जानु पर्ने बताए।

अहिलेको संविधानमा रहेको निर्वाचन प्रणाली, उपराष्ट्रपतिको भूमिका र जिम्मेवारी लगायतका कतिपय विषयमा संशोधन आवश्यक रहेको भन्दै उनले तिनलाई संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने बताए ।

नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएकाले मुलुकका सामुन्ने आएका ठूलठूला समस्या समाधान गर्न भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले अहिले देखिएका समस्या समाधान गर्न पनि कांग्रेसले जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए।

राष्ट्रिय अभिभारा पूरा गर्ने क्रममा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीसँग जोखिम मोलेर शान्तिवार्ता गरेको र हिंसाबाट ग्रस्त मुलुकलाई शान्तिमा रुपान्तरण गरेको उनले चर्चा गरे ।

त्यस्तै, संविधान बनाउने क्रममा २०७२ मा सभापति सुशील कोइरालाले माओवादीलाई पनि समेटेर जानुपर्छ भनेर राष्ट्रिय भूमिका निर्वाह गरेकै कारण संविधान बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077