Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पञ्जाबमाथि हैदरावादको रोमाञ्जक जित

पञ्जाबमाथि हैदरावादको रोमाञ्जक जित

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले पराजित गरेको छ ।

पञ्जाबले दिएको २४६ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा मात्रै दुई विकेट गुमाएर रोमाञ्चक जित हात पार्‍यो ।

हैदरावादका लागि सबैभन्दा बढी अभिषेक शर्माले एक सय ४१ रनको शतकीय पारी खेले । यस्तै ट्राभिस हेडले ६६ रन बनाए । पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

त्यसअघि हैदरावादमा टस जितेर ब्याटिङ गरेको पञ्जाबले छ विकेट गुमाएर दुई सय ४५ रन बनाएको थियो । पञ्जाबका श्रेयस अय्यरले ८२, प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६ र मार्कस स्टोइनिसले नटआउट ३४ रन बनाए । हैदरावादका हर्षल पटेलले चार र इशान मालिङ्गाले दुई विकेट लिए ।

यो जितसँगै हैदरावाद छ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । पञ्जाब पाँच खेलमा छ अङ्कसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077