Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू–१९ विश्वकप एसिया छनोट : आज यूएईसँग पहिलो खेल खेल्दै नेपाल

यू–१९ विश्वकप एसिया छनोट : आज यूएईसँग पहिलो खेल खेल्दै नेपाल

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपालले आइतबार आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ ।

यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा हुनेछ । यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो ।

अप्रिल १९ सम्म मूलपानीमा हुने प्रतियोगितामा नेपाल र यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका सवै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077