Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यु-१९ विश्वकप एसिया छनोट : टस हारेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

यु-१९ विश्वकप एसिया छनोट : टस हारेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो । खेल ४० ओभरमा घटाइएको छ ।

नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077