Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - परिस्थिति गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ

माओवादी अध्यक्ष प्रचण्डले भने - परिस्थिति गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ

आइतवार , चैत्र ३०, २०८१

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवर्द्धक नरहेको टिप्पणी गरेका छन्।

चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले १०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताए।

उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे । नयाँ सरकारतिर आफ्नो ध्यान नभएको तर परिस्थिति बन्यो भने सरकारमा जाने उनले बताए ।

उनले चौतर्फी असन्तुष्टि र आक्रोश बढेको भन्दै उनले शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू आन्दोलनमा रहेको भन्दै सबै राजनीतिक दलहरू पनि झन्डै झन्डै सडकमै रहेको बताए।

आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077