Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसिरको शानदार अर्धशतकका बावजुद नेपाल पराजित

बसिरको शानदार अर्धशतकका बावजुद नेपाल पराजित

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । हङकङ टी-२०आई सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ ।

बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपनि नेपाल कुवेतसँग ३ रनले पराजित भएको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती तीन विकेट चार बलको अन्तरमा गुमाएपछि टोली दबाबमा परेको थियो।

नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो।

तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो। उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो। पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन्।

तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो। नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलमा कुवेतसँग पहिलो पटक पराजित हुँदा उपाधि समेत गुमायो।

बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए। बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए।

हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो। आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए।

उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे। अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए। उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए। सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए। कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो।

यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077