Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनाबारे पूर्वराजा शाहले खोले मुख, भने - यो अवस्थाबाट देश अघि बढ्दैन

तीनकुने घटनाबारे पूर्वराजा शाहले खोले मुख, भने - यो अवस्थाबाट देश अघि बढ्दैन

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते तीनकुने क्षेत्रमा भएको घटनाबारे मुख खोलेका छन्।

नयाँ वर्ष २०८२ सालको शुभकामना दिन जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे बोलेका हुन् ।

उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै जारी भिडिओ सन्देशमा पूर्वराजा शाहले भनेका छन्,‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ।’

देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन्।

तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077