Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यु–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

यु–१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै सुखद् सुरुवात गरेको छ ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली यूएईलाई डीएल मेथडअनुसार पाँच रनले हराएको हो ।

यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, यूएई, ओमान र हङकङ सम्मिलित यू–१९ विश्वकप एसिया छनोटमा सुखद् सुरुआत गरेको छ । छनोटको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।

नेपाल र यूएईबीचको खेलमा मैदानमा हिलो भएपछि टस गर्न ढिलाइ हुँदा ४० ओभरमा छोट्याएको थियो । कप्तान नरेन भट्टको अर्धशतकप्रेरित नेपालले २०१ रनको लक्ष्य दिएको थियो । नेपालले दोस्रो खेल ओमानसँग सोमबार नै खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077