Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नयाँ वर्षका दिन धनगढी दौडिने, सबै तयारी पूरा

नयाँ वर्षका दिन धनगढी दौडिने, सबै तयारी पूरा

आइतवार , चैत्र ३०, २०८१

धनगढी । विगतको वर्षमा झै भोलि अर्थात बैशाख १ गते धनगढी दौडिने भएको छ । धनगढी जेसिसको आयोजनामा ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुन लागेको 'चैतन्य धनगढी हाफ म्याराथन' प्रतियोगिता आयोजना गरिन लागिएको हो ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक तथा कार्यकारी उपाध्यक्ष दिपक गौतमले चैतन्य धनगढी हाफ म्याराथनको तयारी पुरा भएको जानकारी दिए ।

प्रतियोगितामा दुई हजारभन्दा बढी धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कार चैतन्य पाठशाला, दोस्रो पुरस्कार जेसीज एभरेष्ट स्कुल र तेस्रो पुरस्कार निसर्ग हस्पिल एण्ड रिसर्च सेन्टर प्रालिले प्रायोजन गर्नेछन् ।

धनगढी हाफ म्याराथन धनगढी चौराहदेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढीको मिलनचौक पुगेर धनगढी चौराहमै पुगेर समापन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना हुनेछ । दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् ।

कर्पोरेट र संचारतर्फको पुरस्कार ब्रह्मशक्ति आयुर्वेदले प्रयोजन गर्नेछ भने महिलातर्फको पुरस्कार धनगढी महिला जेसीजले प्रायोजन गर्नेछ । त्यस्तै ट्राई साइकलतर्फको प्रयोजन सुदूरपश्चिमाञ्चल एकेडेमीले गर्ने आयोजकले जनाएको छ । सन् २०१४ देखि धनगढी हाफ म्याराथन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077