Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो 'ब्रेक' !

दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो 'ब्रेक' !

सोमवार , बैशाख १, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको दिल्लीलाई मुम्बईले १२ रनले पराजित गरेको हो । मुम्बईले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका करुण नायरले सर्वाधिक ८९ रन बनाए । अभिषेक पोरेलले ३३ रन जोडे । मुम्बईका करन शर्माले ३ र मिचेल सान्टनेरले २ विकेट लिए । त्यस अघि अरुण जेटली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले ५९ रन बनाए ।

यस्तै रायन रिक्लट्नले ४१ र सूर्य कुमार यादवले ४० रन जोडे । दिल्लीका विपराज निगम, कुलदीप यादवले समान २ विकेट लिए । ५ खेलमा ८ अङ्क जोडेको दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077