Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

सोमवार , बैशाख १, २०८२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।

स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओमानलाई ११७ रनमा अलआउट गरेको हो ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

जीत व्रजेश साहले अर्धशतक बनाएका छन् ।

७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १,१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077