Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईसीसी यू–१९ विश्वकप एसियामा नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ विश्वकप एसियामा नेपालको लगातार दोस्रो जित

सोमवार , बैशाख १, २०८२

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको छ ।

११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिएका छन् ।

पहिलो खेलमा यूएईलाई हराएको अफगानिस्तानले आज भएको अर्को खेलमा हङकङलाई हराएको छ ।

नेपाल, अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी यस छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने आईसीसी यू(१९ विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077