Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झापालाई हराउँदै धनगढी एफसी प्लेअफमा

झापालाई हराउँदै धनगढी एफसी प्लेअफमा

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीलाई हराउँदै धनगढी एफसी प्लेअफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको दोस्रो खेलमा धनगढी एफसीले झापा एफसीलाई १-० ले पराजित गरेको हो ।

दोस्रो हाफको ६० औँ मिनेटमा दिपेश धिमालको खुट्टामा लाग्दै गोल हुँदा झापाले आत्मघाती गोल बेहोरेको हो ।

धनगढी प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ। यसअघि नै ललितपुर सिटी एफसी प्लेअफ पुगिसकेको छ।

दुईवटा टोली प्ले अफ पुगिसक्दा अन्य दुई टोलीको भने टुङ्गो लाग्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077