Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकप एसिया छनोट : आज हङकङसँग खेल्दै नेपाल

विश्वकप एसिया छनोट : आज हङकङसँग खेल्दै नेपाल

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ । नेपालको युवा टोलीले आज तेस्रो खेल खेल्न लागेको हो ।

यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जित निकालेको छ ।

नेपालको चार अङ्क छ । एशिया छनोटमा घरेलु टोली नेपालसहित ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।

छनोटको शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077