Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल महिला संघका शेखर–गगन पक्षका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाल महिला संघका शेखर–गगन पक्षका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।

महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया छन् ।

यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् । उनीहरुले अध्यक्ष उषा राउत मिश्रले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको पनि आरोप लगाएका छन् ।

राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077