Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्थानलाई सुपर ओभरमा हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

राजस्थानलाई सुपर ओभरमा हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। योसँगै छैटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077