Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एन्फाका पूर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकूवा

एन्फाका पूर्वअध्यक्ष गणेश थापाको प्रतिबन्ध फुकूवा

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाको प्रतिवन्ध फुकूवा भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकूवा भएको हो ।

सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही बैशाख २ गते (अप्रिल १५) मा सकिएको थापाले बिहीबार आफै विज्ञप्ती जारी गरेर जानकारी दिएका हुन् ।

उनले विज्ञप्तीमा लेखेका छन्,‘ म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु । फिफाले सन् २०१५ को १६ अप्रिलमा प्रतिबन्ध लगाएको थियो। त्यो २०२५ को अप्रिल १५ मा आएर टुंगिएको छ ।’

थापालाई कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो ।

थापाले २०१५ अप्रिलमा प्रतिवन्ध सुरु भएको बताएपनि फिफाले सन् २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा १० वर्षको प्रतिवन्ध लगाएको थियो ।

थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिले ठहर गर्दै उनलाई १० वर्षे प्रतिवन्ध लगाउनुका साथै २१ लाख जरिवाना समेत तोकेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी देखि पूर्वकप्तान समेत रहेका थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष, फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077