Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित

आरसिबीविरुद्ध पञ्जाबको सनसनीपूर्ण जित

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पाँच विकेटले पराजित गरेको छ ।

गएराति भएको खेलमा जीतका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाबले १२ ओभर एक बलमा ५ विकेट गुमाउँदै भेट्टायो । बेङ्गलुरुलाई उसैको घरेलु मैदान बेङ्गलुरुमा हराएको पञ्जाबको यो पाँचौं जीत हो ।

पञ्जाबका नेहाल वाडेराले अविजित ३३ रन बनाए । बेङ्गलुरुका जोश हेजलउडले तीन तथा भुवनेश्वर कुमारले दुई विकेट लिए ।

वर्षाले प्रभावित खेल ढिला शुरू भएको थियो । २० ओभरको खेललाई १४ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

उसले ७ विकेट गुमाउँदा ४२ रन मात्र बनाएको थियो । उसका टिम डेविटले अविजित अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन, युजभेन्द्र चाहाल र हरप्रीत ब्रारले समान दुई विकेट लिए ।

पञ्जाबको ७ खेलमा १० अङ्क भएको छ । पञ्जाब तालिकाको दोस्रो स्थानमा छ । समान ७ खेलमा ८ अङ्कसहित बेङ्गलुरु तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077