Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध समर्थकको नाराबाजी

नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध समर्थकको नाराबाजी

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध समर्थकले नाराबाजी गरेका छन् ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका हुन् ।

खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका छन् ।

बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए ।

तर, एक समय घाम लागेर खेल सुरु हुने संकेत देखिएपनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल हुन सकेन ।

समुर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077