Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने – जित निकाल्ने लक्ष्य थियो, भाग्यले साथ दिएन

विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने – जित निकाल्ने लक्ष्य थियो, भाग्यले साथ दिएन

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेपनि भाग्यले साथ नदिएको बताएका छन् ।

शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

क्रिकेट टोलीका प्रशिक्षक गौचनले भने,‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर, भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन ।’

शक्तिले अफगानिस्तानसँगको खेलमा उच्च मनोबलका साथ खेलेर जित निकाल्ने लक्ष्य लिएको बताए ।

उनले थपे,‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेको थियौं, हराउन सक्छौं भन्ने थियो । बिहान पानी परेर रोकिएपछि पनि खेल भएमा खेलेर जित्छौं भन्ने थियो । जीवन यस्तै हो, कहिले सुख हुन्छ कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077