Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्थानमाथि लखनउको नाटकीय जित

राजस्थानमाथि लखनउको नाटकीय जित

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ । रोमाञ्चक खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो ।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

लखनउले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७८ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको लखनउले पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । लखनउ आठ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा राजस्थान चार अङ्कसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077