Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजावादीहरूको निशानामा सुरक्षा पन्त

राजावादीहरूको निशानामा सुरक्षा पन्त

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले हालै एक टेलिभिजन अन्तर्वार्तामा दिएको एउटा टिप्पणीले उनलाई सामाजिक सञ्जालमा साइबर हमलाको चपेटामा पारेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह र नाती हृदयन्द्र शाहलाई ‘सामान्य नागरिक’ भनेपछि उनी राजावादीहरूको निशानामा परेकी छन् ।

पन्तले कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीको शोमा सहभागी हुँदै राजा, राजतन्त्र र गणतन्त्रबारे आफ्ना विचार स्पष्ट रूपमा राखेकी थिइन् । उनले पूर्व राजा ज्ञानेन्द्रलाई “प्रिभिलेज सिस्टम” बाट आएका सचेत नागरिकका रूपमा चित्रण गरिन् र हृदयन्द्रलाई “सिनेमामा आउन सुझाव” दिँदै राजा होइन हिरो बन्न प्रोत्साहित गरिन् ।

यसैक्रममा उनले भनेको एउटा कुरा विशेष ध्यान दिन लायक छ, “राजावादीको अभियानले गणतन्त्र सुधार गर्न प्रेरणा दिएको छ। बहस सुरु हुनु राम्रो हो ।” तर, यस्तै तटस्थ र समालोचनात्मक अभिव्यक्तिको पनि राजनीतिकरण गर्दै सामाजिक सञ्जालमा पन्तविरुद्ध बहिष्कार अभियान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077