काठमाडौं । चलचित्र ‘जार’को गीत सार्वजनिक भएको छ ।
‘ए ठूली’ बोलको गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर छ । गीतमा शब्द हर्क साउदको छ । संगीत झुमा लिम्बू स्वयंको छ ।
लोकलयमा आधारित प्रेमिल गीतमा प्रेममा रहेका व्यक्तिले गर्ने कल्पना र प्रतिक्षा समेटिएको छ ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
https://youtu.be/lHLhpUCttE4