Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप

अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगका ६ सय ४६ बिरामी देखा परेका छन् ।

राज्यमा शुक्रबारसम्म दादुरा रोगका ६ सय ४६ जना बिरामी देखा परेको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

विभागका अनुसार तीन दिनको अवधिमा थप २२ जनामा दादुरा रोग पुष्टि भएको छ । यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा खराब मध्येको एक प्रकोप मानिएको छ ।

यस वर्ष दादुराका कारण अमेरिकामा तीन जनाले ज्यान गुमाइसकेका छन् । २५ वर्षअघि मुलुकमा दादुरा उन्मूलनको घोषणा गरिएको थियो ।

पछिल्लो प्रकोपलाई नियन्त्रणमा लिन नसकिएमा यसले ठूलो चुनौती निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् ।

अमेरिकाको रोग रोगथाम तथा नियन्त्रण केन्द्रका अनुसार दादुरा देखिएका ९७ प्रतिशतले यसविरुद्ध खोप लगाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077