काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा १४ वर्षका वैभव सूर्यवंशीले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गरेका छन् ।
यससँगै उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । समग्रमा उनले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गरेका हुन् ।
१४ वर्षीय वैभव सूर्यवंशीको शतकको मद्दतले राजस्थान रोयल्स ९आरआर०ले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।
सूर्यवंशीले आईपीएलको एकै इनिङ्समा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् । वैभव राजस्थानका लागि एक इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि बने ।
राजस्थानले गुजरात टाइटन्सविरुद्ध आईपीएलमा सबैभन्दा धेरै रन चेज गर्ने रेकर्ड बनाएको छ ।