काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ ।
हिजो भएको खेलमा कोलकाताले दिएको दुई सय ५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ९० रन बनायो ।
दिल्लीका फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए । त्यसअघि अरुण जेटली स्टेडियममा कोलकाताले ९ विकेट गुमाएर दुई सय ४ रन बनाएको थियो ।
कोलकाताको यो दशौं खेलमा चौथो जीत हो । कोलकाताले ९ अङ्क बनाएको छ । कोलकाता तालिकाको सातौं स्थानमा कायमै रहेको छ । दिल्लीको १० खेलमा चौथो हार हो । दिल्ली १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।