Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ स्वरुपमा जाँदै एलओडी, कुँवर भन्छन्–रात्रीकालीन व्यवसायका चुनौतीलाई चिर्नुपर्छ

नयाँ स्वरुपमा जाँदै एलओडी, कुँवर भन्छन्–रात्रीकालीन व्यवसायका चुनौतीलाई चिर्नुपर्छ

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । एलओडी अर्थात् लड अफ द ड्रिंक्स्का निर्देशक भुपेन कुँवरले रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको बताएका छन् ।

एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट बनेको अवसरमा सोमबार राती आयोजित कार्यक्रममा एलओडी क्लब सामाजिक न्यायमा सदा अडिग रहेको समेत उल्लेख गरे ।

लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा राखिएको बताउँदै निर्देशक कुँवरले व्यवसायमा आइराख्ने उतारचढावलाई सिकाइ र अवसरको रुपमा लिएको अनुभव समेत सुनाए ।

उनले भने–‘६ वटा वसन्त पार गरिसकेको एलओडी क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्ने थिएनौं । उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ ।’

कुँवरले एलओडी आएका पाहुनालाई निराश होइन कसरी खुसी बनाएर पठाउन सकिन्छ भनेर सोचिरहने पनि उनले बताए ।

‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौ,’ कुँवरले भने–‘हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।‘

क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने भएको बताउँदै निर्देशक कुँवरले मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्‍न सक्नु क्लबको दायित्त्व रहेको पनि उल्लेख गरे ।

क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरु हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्‍याएको कुँवर बताउँछन् ।

नेपाली समाजमा क्लबप्रति सकरात्मक धारणा बन्न नसकेको गुनासो गर्दै उनले भने–‘हामीले विःशुद्ध व्यवसाय गरेका हौं । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पूरा गरेका छौ ।‘

त्यसो त क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टेरियर डिजाइन परिवर्तन गर्ने योजना रहेको पनि कुँवरले सुनाए ।

‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर आफूहरु लागिपरेको उल्लेख गर्दै उनले भविश्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला–ठूला कार्यक्रम गर्ने योजना रहेको बताए ।

एलओडी अहिले विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो ।

म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

पाँच सय क्लब सहभागी क्याम्पियनमा एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077