काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बाट चेन्नई सुपरकिङ्ग्स बाहिरिएको छ । गएराति भएको खेलमा पञ्जाब किंग्ससँग चार विकेटले पराजित भएपछि चेन्नई बाहिरिएको हो ।
युजभेन्द्र चावलका ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले शानदार जित निकाल्यो ।
चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो । चेन्नईको १०औं खेलमा यो आठौं हार हो । पन्जाबको जितमा कप्तान श्रेयस अय्यर र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए ।
श्रेयसले सर्वाधिक ७२ रन बनाए । त्यसअघि चेन्नई १९ ओभर २ बलमा एक सय ९० रनमा अलआउट भएको थियो ।
जितपछि पन्जाब १० खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अङ्क भएको चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ।