काठमाडौं । रियालिटी टीभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन् ।
शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन् ।
विजेता पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १र१ लाख रुपैयाँ प्राप्त गरे ।
यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए ।
कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप हुँदा कोच उदय सोताङको समूहका प्रतिस्पर्धी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।