काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गरेको छ ।
जितका लागि २२५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो । उसका अभिषेक शर्माले ७४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान एक विकेट लिए ।
त्यसअघि अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।
उसका कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए । त्यस्तै जोश बट्लर ६४ र साई सुदर्शन ४८ रनमा आउट भए । हैदराबादका जयदेव उनादकटले तीन विकेट लिए ।
यो जितसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।