Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग उल्भ्स पराजित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग उल्भ्स पराजित

शनिवार , बैशाख २०, २०८२

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ ।

सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीका लागि घरेलु मैदानमा खेलको ३६ मिनेटमा केभिन डि ब्रुएनाले गरेको गोल नै निर्णायक बन्यो ।

सिटीको ३५ खेलमा ६४ अङ्क भएको छ । आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने सिटीको सम्भावना कायमै छ ।

लिभरपुलले शीर्ष स्थानमा रहेर यसअघि नै उपाधि जितिसकेको छ । दोस्रोमा आर्सनल छ । उसको ३४ खेलमा ६७ अङ्क छ ।

त्यस्तै समान ३४ खेलमा न्युकासल ६२ अङ्कसहित चौथो र चेल्सी ६० अङ्कसहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077