Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी छानिए, नियमित खेलाडी मल्ल बाहिरिए

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी छानिए, नियमित खेलाडी मल्ल बाहिरिए

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखला र बेलायत भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी छनोट गरेको छ ।

नवनियुक्त अष्ट्रेलियाली प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा सञ्चालित क्याम्पबाट २५ खेलाडी दोस्रो चरणका लागि छानिएका हुन् । क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा रोहित पौडेल कप्तान छन् ।

नियमित खेलाडी कुशल मल्लले भने अन्तिम २५ मा स्थान बनाउन सकेनन्।

पहिलो चरणको ‘दि कोर क्याम्प’ मा छनोट भएका ५२ खेलाडी सहभागी थिए। मूलपानी क्रिकेट मैदानमा निलो, हरियो, रातो र पहेंलो टोली बनाएर प्रतिस्पर्धा गराइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077