Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पुलिस क्लबले जित्यो एमएम कपको उपाधि

पुलिस क्लबले जित्यो एमएम कपको उपाधि

शनिवार , बैशाख २०, २०८२

विराटनगर । तेस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो।

जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

एक सातासम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077