Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घरेलु मैदानमा जित निकाल्दै आरसीबी आईपीएलको शीर्ष स्थानमा

घरेलु मैदानमा जित निकाल्दै आरसीबी आईपीएलको शीर्ष स्थानमा

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले चेन्नईलाई दुई रनले पराजित गरेको हो ।

बेङ्गलुरुले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ११ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाउँदा पनि टोलीको हार टार्न सकेनन् । बेङ्ग्लुरुका लुङ्गी इिन्डीजले तीन तथा कुर्नाल पाण्डेय र यश दयालले समान एक विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनायो ।

बेङ्गलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए । चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

यो जितसँगै बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा चेन्नई ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077