Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लखनउविरुद्ध पञ्जाबको सानदार जित

लखनउविरुद्ध पञ्जाबको सानदार जित

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ ।

आइतबारको दोस्रो खेलमा जितको लागि पन्जाबले दिएको २३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रनमा समेटियो ।

लखनउका लागि आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल सामदले ४५ रन जोडे । पन्जाबका अर्षदीप सिंहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । श्रेयस अय्यरले ४५ रन जोडे । लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए ।

आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरुभन्दा १ अङ्कले पछि छ । लखनउ १० अङ्कसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077