काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पट फिक्सिङमा परेका अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।
क्यानले आदिलमाथिको प्रतिबन्ध आइतबारदेखि फुकुवा गरेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर क्यानले २०७९ पुसमा आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा आलममाथि फिक्सिङको आरोप लागेको थियो ।
तर फिक्सिङको आरोपमा दाबी नपुग्ने भन्दै अदालतबाट आलम र मेहबुब आलमले सफाइ पाएका थिए ।
अब उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न पाउने भएका छन् ।