Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलबाट बाहिरियो हैदरावाद

आईपीएलबाट बाहिरियो हैदरावाद

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

सोमबार रातिको खेलमा दिल्लीले हैदराबादलाई जिततको लागि १ सय ३४ रनको लक्ष्य दिएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

वर्षाको कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ अङ्क जोडेको हैदराबाद आईपीएलबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077