Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मुम्बईलाई हराउँदै गुजरात आईपीएलको शीर्षमा उक्लियो

मुम्बईलाई हराउँदै गुजरात आईपीएलको शीर्षमा उक्लियो

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

वर्षाका कारण पटक–पटक प्रभावित भएको हिजोको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो ।

मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर खेल प्रभावित भएपछि डीएलएस मेथडका आधारमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन रोडे । मुम्बईका जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले समान २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले।

उनले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। ओपनरद्वय रयान रिकेल्टोन र रोहित शर्मा दोहोरो अङ्क बनाउन नसक्दै पेबेलियन फर्किदा बेलजाकले पारी सम्हालेका थिए।

सूर्यकुमार यादवले ३५ रन बनाए। त्यसपछि कप्तान हार्दिक पाण्ड्यासहितका तीन ब्याटर दोहोरो अङ्क नबनाई पेबिलियन फर्किए। कोब्रिन बोस्चले २७ रन बनाए।

गुजरातका लागि बलिङतर्फ शाही किशोरले सर्वाधिक दुई विकेट लिए। मोहम्मद सिराज, अर्षद खान, प्रसिद्ध कृष्ण, रसिद खान र जेराल्ड कोटेजले समान १-१ विकेट लिए।

यो खेलसँगै गुजरात ११ खेलमा ८ जितसँगै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077