एजेन्सी । इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले पराजित गरेको हो ।
इन्टर समग्रमा ७–६ को नतिजासहित उपाधि नजिक पुगेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो ।
गएराति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा फ्रातेसीले गरेको गोल निर्णायक भयो ।
आज दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) बीच खेल हुँदैछ ।