Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्लेअफ समीकरणबाट बाहिरिएको चेन्नईसँग हार्‍यो कोलकाता

प्लेअफ समीकरणबाट बाहिरिएको चेन्नईसँग हार्‍यो कोलकाता

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ ।

अन्तिम ओभरको दुई बल बाँकी रहँदा चेन्नाईले कोलकतामाथि २ विकेटको रोचक जित निकालेको हो । घरेलु मैदान इडन गार्डेनमा कोलकाताले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नईका डेवाल्ड ब्रेभिसले ५२ र शिवम दुबेले ४५ रन बनाए । कोलकाताका लागि वैभव अरोराले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । कप्तान अजिन्के राहनेले ४८ रन बनाए ।

यस्तै आन्द्रे रसलले र मनिष पाण्डेले ३६ रन जोडे । चेन्नईका नुर अहमदले ४ विकेट लिए ।

कोलकाता ११ अङ्कसहित लिग तालिकाको छैटौं स्थानमा छ । योसँगै कोलकाताको प्ले अफका लागि गणितीय आधार मात्र बाँकी छ ।

चेन्नईले तेस्रो जितमा ६ अङ्क बनाएको छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077