Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडर'मा क्रिकेटर कुँवर

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडर'मा क्रिकेटर कुँवर

शुक्रवार , बैशाख २६, २०८२

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ। बुधवार कलेज र कुँवर बिच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले सम्झौता पत्र हस्तान्तरण गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यो कदम चालेको बताए। शाहीले खेल क्षेत्रको विकासमा सुदूरपश्चिमका संघ–संस्थाले यस्तै योगदान दिनुपर्ने समेत उल्लेख गरे।

ब्रान्ड एम्बेसडर नियुक्त भएकी कुँवरले आफूले अध्ययन गरेको प्रतिष्ठित संस्थाको प्रतिनिधित्व गर्न पाउँदा गौरव लागेको प्रतिक्रिया व्यक्त गरिन्।

कविता कुँवरले सन् २०१९ मा नेपाली महिला राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलमार्फत् आफ्नो क्रिकेट यात्रा सुरु गरेकी थिइन्। उनले चीनविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय डेब्यू गरेकी हुन्।

उनले हालसम्म ५२ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्। २०२२ मा युगाण्डासँगको टी-२० श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमा ७ विकेट लिएकी थिइन्। नेपाल पुलिस क्लबका लागि खेलेको क्यान राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समेत उनको प्रदर्शन उत्कृष्ट रह्यो।

कविता कुँवर अछामको साँफेबगरमा जन्मिएकी हुन्। उनले कैलालीको धनगढीस्थित मामाघरमा बसेर स्कुल पढेकी थिइन्। दस वर्षको उमेरमा क्रिकेटप्रति रुचि बढ्दै गएपछि उनले प्रशिक्षण सुरु गरेकी हुन् ।

क्षेत्रीय टिम हुँदै राष्ट्रिय टिममा स्थान बनाएकी कविताले हालसम्म चार वटा राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेकी छन्। उनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर खेलाडीका रूपमा स्थापित भएकी छन्।

कलेजले गत कार्तिकमा राष्ट्रिय क्रिकेट खेलाडी नारायण जोशीलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’का रूपमा नियुक्त गरी सकेको छ । उनी धनगढी क्रिकेट एकेडेमी ९डी।सी।ए० का उत्पादन र एसपीए कलेजका पूर्व विद्यार्थीसमेत हुन ।

कलेजले खेलाडीहरू को सम्मानमा उनीहरूको खेल जीवन सहज बनोस् भन्दै सहयोग पुगोस् भन्ने हेतुले यो कार्य गरेको र उनीहरूले सुदूरपश्चिमको टिमको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलुन्जेल सम्झौता लागु हुने गरी सम्झौता गरिएको जनाएको छ ।

एस।पी।ए कलेजले स्थापना काल देखी नै विभिन्न खेलका उत्कृष्ट खेलाडीहरू र विद्यार्थीहरूलाई पूर्ण तथा आंशिक छात्रवृत्ति सहित सामाजिक गतिविधिमा समेत सक्रिय योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077