Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकै गरिब राष्ट्रपति मुहिकाको निधन

विश्वकै गरिब राष्ट्रपति मुहिकाको निधन

बुधवार , जेठ १, २०८२

एजेन्सी । विश्वकै गरिब राष्ट्रपतिको उपनाम पाएका उरुग्वेको पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको निधन भएको हो ।

एक पूर्वमाक्र्सवादी गुरिल्ला लडाकु मुहिका जसले हातहतियार छोडेर उरुग्वेको राष्ट्रपति निर्वाचित भई राष्ट्रिय मेलमिलापको प्रतीक बनेका थिए ।

उनको सरल जीवनशैलीले उनलाई विश्वकै गरिब राष्ट्रपतिको उपनाम दिलाएको थियो । उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको पुष्टि गरे ।

मुहिकाले गत जनवरीमा आफूलाई घाँटी (इसोफेगस) क्यान्सर भएको र त्यो क्यान्सर कलेजोमा फैलिएको बताउँदै थप उपचार नगर्ने बताएका थिए ।

मुहिका सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077