एजेन्सी । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ ।
इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन । पछिल्लो १० सातमा त्यहाँ खानेपानी, औषधी र टेन्टको व्यवस्था पनि छैन ।
संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नु पर्ने कुरामा जोड दिएका छन् ।