Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साउदी अरेबिया पुगेर ट्रम्पले भने - भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका छ

साउदी अरेबिया पुगेर ट्रम्पले भने - भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका छ

बुधवार , जेठ १, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाले अहम भूमिका निर्वाह गरेको बताएका छन्।

साउदी अरेबिया पुगेका राष्ट्रपति ट्रम्पले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा भारत–पाकिस्तानको उल्लेख गर्दै युद्धविराम नभएको भए लाखौं मानिसहरू मारिन सक्ने सम्भावना रहेको बताएका थिए।

ट्रम्पले भने, ‘मेरो सबैभन्दा ठूलो आशा शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो। मलाई युद्ध मन पर्दैन ।’

केही दिन अघि मात्र उनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भएको बताए ।

उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताको रूपमा वर्णन गरेका छन्।

अमेरिकी राष्ट्रपतिले दुई देशबीच युद्धविराम सम्झौता गराएकोमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077