Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानमा मारिए हाफिज सईदका भतिजा, थिए जम्मू कश्मीरमा भएका आक्रमणमा संलग्न !

पाकिस्तानमा मारिए हाफिज सईदका भतिजा, थिए जम्मू कश्मीरमा भएका आक्रमणमा संलग्न !

बिहिवार , जेठ २, २०८२

एजेन्सी । आतंकवादी नेताका रुपमा चिनिएका हाफिज सईदका भतिजा तथा भारतमा धेरै आतंकवादी हमलाहरूमा संलग्न फैजल नदीम उर्फ ​​अबु कटाल मारिएका छन् ।

भारतीय मिडीया रिपोर्टका अनुसार यो आक्रमण पाकिस्तानको पञ्जाबको झेलम जिल्लाको मंगला बाइपासमा भएको थियो। केही अज्ञात व्यक्तिहरूले अचानक उनको कारमा गोली चलाएर भागे ।

जानकारी पाएपछि स्थानीय प्रहरी घटनास्थलमा पुग्दा उनीहरूले फैजल नदीमलाई कारबाट बाहिर निकाले र उनी रगतमा लतपतिएका अवस्थामा थिए। डाक्टरहरूले उनलाई मृत घोषित गरे।

नदीम २०२३ मा जम्मू कश्मीरको राजौरीमा भएको आक्रमण गर्ने लश्कर-ए-तैयबा आतंककारीहरूको पछाडिको मास्टरमाइन्ड मध्ये एक थिए। दुई दिनसम्म चलेका आक्रमणहरूमा ७ जनाको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन्।

गत वर्ष, एनआईएले आरोपपत्र दायर गरेको थियो, जसमा अबु कटाल, साजिद जट र मोहम्मद कासिमलाई पाकिस्तानमा आधारित ह्यान्डलरको रूपमा नाम दिइएको थियो।

यी मानिसहरूले नै आतंककारीहरूलाई आक्रमण गर्न मार्गदर्शन गरेका थिए। कटाल २००० मा कश्मीरमा सक्रिय थिए र पाकिस्तान प्रशासित कश्मीर फर्कनु अघि धेरै आक्रमणहरूमा संलग्न थिए। उनी लश्करको आतंकवादी लन्चप्याड सम्हालिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077