Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीको पुनः अनुरोध

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीको पुनः अनुरोध

शनिवार , जेठ ४, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन् ।

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले सो अनुरोध गरेकी हुन्।

भेटमा हमासको अपहरणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाबारे कुराकानी भएको थियो।

मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरेको प्रयासप्रति धन्यवाद दिँदै यो विषयमा निरन्तर पहल गर्न र जोशीको रिहाइका लागि थप प्रयास गर्न अनुरोध गरे।

यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री र इजरायल-हमास शान्ति वार्ताका मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि बारम्बार अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077