Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जसपा नेपालको संगठन निर्माण अभियान जारी

जसपा नेपालको संगठन निर्माण अभियान जारी

शनिवार , जेठ ४, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठन निर्माण अभियान जारी रहने भएको छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनि तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।

अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरु गरिएको उनले बताए ।

जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरुलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ सङ्गठन विस्तार अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077