Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जबजकै कारण एमाले देशको निर्णायक शक्ति बन्यो : शंकर पोखरेल

जबजकै कारण एमाले देशको निर्णायक शक्ति बन्यो : शंकर पोखरेल

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) कै आधारमा एमाले देशको प्रमुख राजनीतिक शक्ति बनेको बताएका छन् ।

मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकसित जबजकै कारण २०५१ मा एमाले संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे।

‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा रहनुमा जबजको मुख्य योगदान छ,’ उनले भने। निरङ्कुश राजतन्त्रको अन्त्य र जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले सहयोग गरेको उनको भनाइ छ।

पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न चुनौती सामना गर्दै एमाले अघि बढिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077