Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र जापानी उपविदेशमन्त्रीबीच भेटवार्ता

शनिवार , जेठ ४, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका उपविदेशमन्त्री इकुइनो अकिकोबीच भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् ।

भेटका अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन् । साथै, मन्त्री डा. राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरिन्।

त्यसैगरी, सो भेटका क्रममा मन्त्री डा. राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077